|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लन आग्रह गरेका छन्। कोरोना संक्रमण भयावह अवस्थामा पुगिसकेको भन्दै उनले प्रधानमन्त्रीलाई अहंकार त्याग्न आग्रह गरेको हुन्। 

थापाले सामाजिक संजाल फेसबुकमा लेखेका छन्,'कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ, निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन। सबै पक्ष र आमनागरिक सचेत,सतर्क र जिम्मेवार बन्नुपर्छ। तर, प्रधानमन्त्री ज्यू यो लडाइमा हामी सक्दैनौँ। भनेर मन्त्रालयले हात उठाउने अनि तपाईंको प्राथमिकतामा अझैं पनि महामारी नपर्नु आपत्तिजनक छ।' 

मन्त्रालयले हात उठाउने अनि प्रधानमन्त्रीकाे प्राथमिकतामा अझैं पनि महामारी नपर्ने अवस्थाले कोरोनाले उग्ररुप लिने उनले चिन्ता व्यक्त गरेका छन्। उपलब्ध स्रोत, साधन, जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्नतिर लाग्न थापाले आग्रह गरेका छन्। प्रधानमन्त्रीले अहंकार त्यागे साथ दिन तयार रहेकोसमेत उनले बताएका छन्। 

'कठिन छ,तर अझैं हामीसँग उपलब्ध स्रोत,साधन,जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ। त्यसका लागि उपाय जानेकाहरूको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ। प्रधानमन्त्रीज्यू, हामी साथ दिन तयार छौँ,कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस्' उनले लेखेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.