|

काठमाडौं : कोरोना संक्रमण भएपछि नर्भिक अस्पतालमा उपचाररत पूर्व बडामहारानी कोमल शाहको स्वास्थ्यस्थिति अझै सुध्रिएको छैन।

प्लाज्मा थेरापीबाट उपचार गर्दा पनि स्वास्थ्य अवस्था सुधारोन्मुख नभएको अस्पताल प्रशासनले जानकारी दिएको छ। अहिले पनि उनलाई आइसीयूमा हाइफ्लो अक्सिजन दिएर उपचार गरिएको अस्पतालका कर्पोरेट सूचना प्रमुख सोमनाथ बास्तोलाले बताए।

उनले भने, ‘प्लाज्मा थेरापीबाट उपचार गर्दा पनि उहाँको स्थितिमा कुनै सुधार आउन सकेको छैन, अहिले पनि उहाँलाई आइसीयूमा राखिएको छ र हाइ फ्लो अक्सिजन सपोर्टमा उपचार भइरहेको छ।‘

निजी चिकित्सक डा. किशोर राणा नेतृत्वमा कोमलको उपचार भइरहेको छ। तर, कुनै सुधार भने हुन सकेको बास्तोलाले बताए। पूर्वराजा ज्ञानेन्द्र शाह र अवस्था पूर्व अधिराजकुमारी प्रेरणा शाहको स्वास्थ्य भने सामान्य रहेको उनले बताए। कोरोना संक्रमण पुष्टि भएपछि पूर्व राजदम्पती ज्ञानेन्द्र-कोमल र अधिराजकुमारी प्रेरणाको काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

पूर्व राजदम्पती भारतको कुम्भ मेलामा सहभागी भएर बैशाख ५ गते नेपाल फर्किएका थिए। उनीहरूमा ७ गते कोरोना पुष्टि भएको थियो। उपचार निम्ति बैशाख ११ गते अस्पताल भर्ना गरिएका शाह दम्पती र छोरीमध्ये छोरीको अवस्था सामान्य बताइएको छ भने पूर्वराजा ज्ञानेन्द्रलाई अक्सिजन सपोर्टमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.