|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एपको औपचारिक उद्घाटन गरेका छन्। चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्रीले उक्त एपको उद्घाटन गरेका हुन्।

हालसम्म करिब ५ लाख २५ हजारले उक्त एप डाउनलोड गरिसकेका छन्। जसमध्ये १ लाख९१ हजारले आफ्नो परितचय दर्ता गरेका छन्। ३ हजार बढीले प्रहरी क्लिरेनेन्स सेवा प्राप्त गरेका छन् भने १० हजारभन्दा बढीले स्थायी लेखा नम्बर प्राप्त गरेका छन्।

अधिकांश सरकारी सेवा दिने उद्देश्यले सरकारले विस २०७७ माघ २ गते नागरिक एपको बेटा भर्सन सार्वजनिक गरेको थियो। डिजिटल नेपालको परिकल्पनाअनुसार पछिल्लो समय सार्वजनिक तथा  सरकारी सेवाहरू अनलाइनबाट सुचारु भएको छ।

फरक-फरक वेभसाइटहरुबाट भन्दा एउटै एपबाट सहज होस् भनेर सरकारले एकिकृत गर्न नागरिक एप ल्याएको हो। यसमा नागरिक पासपोर्ट र मतदाता कार्ड समावेश गर्न मिल्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.