|

सल्यान : जिल्लामा निषेधाज्ञा जारी गरिएको पहिलो दिन सुनसान देखिएको छ। यातायातका साधनहरू ठप्पै रहेका छन् भने बजार पूर्ण रुूपमा बन्द छन्। चोकचोकमा बसेर प्रहरी र ट्राफिक प्रहरीले परिचयपत्र जाँचमा कडाइ गरेका छन्।

निजी तथा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाइएको छ भने अत्यावश्यकीय क्षेत्रका केही सवारीसाधन मात्र चल्न दिइएको छ। जेठ १ गतेसम्म तोकिएको निषेधाज्ञा कडाइका साथ लागू गर्न जिल्लामा भित्रिने कपुरकोट, कालिमाटी, बालुवासंग्रही नाकामा प्रहरी तैनाथ गरिएको छ।

अत्यावश्यक सेवा र अनुमतिबाहेकका सवारीसाधनलाई कारबाहीको दायरामा ल्याइने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार हालसम्म जिल्लामा एन्टिजेन परीक्षणबाट २ सय ६७ जनामा कोरोना पोजेटिभ देखिएको छ। जसमा २ सय ५० सक्रिय संक्रमित संख्या रहेको छ। सल्यान अस्पतालमा १३ जनाको उपचार भइरहेको छ भने बाँकी २ सय ३७ जना होम आइसोलेशनमा रहेको कार्यालयले जनाएको छ। हालसम्म जिल्लामा कोरोनाबाट ५ जनामा मृत्यु भइसकेको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.