|

उदयपुर : कोरोना भाइरस (कोभिड १९) को संक्रमित बढेसँगै उदयपुर एक साता निषेधाज्ञा जारी गरिएको छ। कोरोना संक्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालय उदयपुरले निषेधाज्ञा जारी गरिएको हो।

प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईंले बढ्दो कोरोना संक्रमणलाई मध्येनजर गर्दै आइतबार राति ८ बजेदेखि बैशाख २५ गते बेलुका ८ बजेसम्म निषेधाज्ञा जारी गरेका हुन्।

यस अवधिमा चार पांग्रे र तीन पांग्रे सबै किसिमका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। सरकारी कर्मचारीहरुको सवारी साधन भने परिचयपत्रसहित सञ्चालन गर्न पाउने छन्। यस्तै, मोटरसाइकल एकजना मात्र सवार भई सञ्चालन गर्न पाउनेछन्। खाद्यन्न तथा अत्यावश्यक बस्तु ढुवानी सेवा गर्ने सवारी साधनहरु निर्वाद रुपले सञ्चालन हुन पाउने प्रजिअ सेढाईंले बताए।

उदयपुर जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन समिति (डिसिसिएमसी) शनिबार बसेको बैठकले यातायात ठप्प बनाउने निर्णय गरेको छ। बैठकले जिल्लामा लाग्ने हाटबजार बन्द गर्ने र जिल्लाभित्रका मुख्य बजारहरु गाईघाट, बेल्टार, कटारी, रामपुर, मुर्कुची बिहान १० देखि अपराह्न ३ बजेसम्म मात्र सञ्चालन गर्न पाउने गरी निर्णय गरेको उनले जानकारी दिए।

स्थानीय तहहरुसँग समन्वय गरी स्वास्थ्य कार्यालयले कोरोना परीक्षणको दायरा बढाउने, निर्णय बमोजिम काम नभएमा संक्रमण ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमाजिम प्रमुख जिल्ला अधिकारीले कारवाही गर्ने निर्णय बैठकले गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.