|

काठमाडौं :  इन्टर मिलानले ११ पछि इटालियन सिरी ‘ए’ को उपाधि जितेको छ।  लिगमा दोस्रो स्थानमा रहेको एटलान्टाले सासौलोसँग १–१ बराबरी खेलेपछि इन्टरले लिग जितेकाे हाे। 

यसअघि इन्टरले क्रोटोनियालाई हराएपछि लिगमा चार चरणको खेल बाँकी छँदा १३ अंकको अग्रता लिएको थियो। 

गत सिजन युभेन्ट्सले लिग जिन्दा इन्टर एक अंकको दूरी लिएर दोस्रो स्थानमा रहेको थियो। तर यसपल्ट एन्टोनियो कोन्टेको इन्टरले युभेन्ट्सको लगातार नौपल्ट लिग उपाधि जितेको क्रमलाई भंग गरेको छ।

सन् २०१० मा इन्टरले पछिल्लो पटक लिग उपाधि जितेको थियो । त्यतिबेला इन्टरले जोसे मोउरिन्होको नेतृत्वमा लिग खेलेको थियो। कोन्टेले प्रशिक्षकका रूपमा सिरी ‘ए’ जितेको यो चौथोपल्ट हो । सन् २०११ देखि २०१४ बीच युभेन्ट्सले लगातार तीन लिग उपाधि जित्दा उनी नै प्रशिक्षक थिए। सन् २०१७ मा चेल्सीले इंग्लिस प्रिमियर लिग जित्दा पनि कोन्टे व्यवस्थापक थिए।

जनवरीमा इन्टरले युडिनेजीविरुद्धको खेल गोलरहित बराबरीमा चित्त बुझाएपछि टिम शीर्षस्थानमा रहेको एसी मिलानसँग दुई अंकले पछाडि थियो र लिग मध्यभागमा थियो। त्यसपछि इन्टरले लिगमा लगातार ११ खेल जित्यो र शीर्षस्थानमा आफ्नो पकड बलियो बनाउन सफल रह्यो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.