मकवानपुर : मकवानपुरमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत कोरोना हेटौंडा र बाराका एक÷एक जनाको मृत्यु भएको हो।
हेटौंडा उपमहानगरपालिका–१ का ५५ वर्षीय पुरुषको आइतबार राति ९ बजेर १७ मिनेटमा मृत्यु भएको हो। बाराको अमलेखगञ्जका ४६ वर्षीय पुरुषको सोमबार बिहान ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
स्वास प्रश्वासमा समस्या आएपछि उनीहरुलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। योसँगै कोरोनाबाट मकवानपुरमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।