|

काठमाडौं : काठमाडौं उपत्यकामा थप निषेधाज्ञा कडाइ गरिने भएको छ। कुनकुन क्षेत्रमा कडाइ गर्नेबारे सोमबार तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरू बैठक बस्दै छन्।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले साँझ ६ बजे बैठक बस्ने जानकारी दिए।

उनले भने,‘कोरोना संक्रमण दर बढेको बढ्यै छ,सर्वसाधारणहरू सडकमा हिँडिरहेका छन्,अब यसरी हुँदैन कडाइ गर्नुपर्छ भन्ने हाम्रो योजना छ।’

उनका अनुसार जारी निषेधाज्ञाको समीक्षा गर्दै थप क्षेत्रमा कडाई गरिनेछ। 

हाल काठमाडौं उपत्‍यकामा वैशाखभरका लागि सरकारले अत्यावश्यकबाहेक अरू क्षेत्रका लागि वैशाखभर निषेधाज्ञा लागू गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.