|

भारतमा कोरोना संक्रमणले तबाही मच्चाइरहेको छ। दैनिक ज्यान गुमाउनेको संख्या हजारबाट नाघिसक्यो। दैनिक लाखमा संक्रमित थपिँदै गएका छन्। कोरोनाविरुद्ध खोप बनाएर विश्वभर प्रशंसा बटुलेको भारत आज आफैं चरम स्वास्थ्य संकटमा छ। विश्वको ध्यान यतिबेला भारतमा छ। 

पछिल्लो २४ घण्टामा त थप ३ लाख ७० हजारभन्दा बढी कोरोना संक्रमित थपिए। 

यहाँ कोरोना संक्रमितको कुल संख्या २ करोडको हाराहारीमा पुगिसकेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ४ सय २२ कोरोना संक्रमितको मृत्यु भएको छ। योसहित मृतक संख्या २ लाख १८ हजार ९ सय ४५ पुगेको छ।

संक्रमित बढ्दै जाँदा अस्पतालहरूमा ठाउँ अभाव भइसकेको छ। मानिसहरू हारगुहार गरी अस्पतालमा सोर्स लगाउँदै आफन्त बचाउन लागिपरेका छन्। देशको कुनै पनि प्रणालीले संक्रमण नियन्त्रण गर्न सकेको छैन। अस्पतालमा ठाउँ नै नपाउँदा धेरैको ज्यान गइरहेको छ। 

अक्सिजन र अस्पतालमा स्थान अभावका कारण देशभरका  कतिपय अस्पतालहरूले बिरामीलाई फिर्ता गरिरहेका छन्। एम्बुलेन्स सेवा प्रदान गर्न पनि थप समस्या भएको छ।

भारतको राजधानी दिल्लीको अवस्थाले नाजुक मोड लिएको छ। जहाँ अस्पतालहरूमा अक्सिजनको कमीले गर्दा मानिसहरूले आफ्नो ज्यान गुमाइरहेका छन्। शोकाकुल परिवारहरूले आफ्ना प्रियजनहरूको अन्त्येष्टिको लागि घाट नपाएर घण्टौँ कुर्नुपर्ने भएको छ। दाहसंस्कारका लागिसमेत ठाउँ अभाव देखिएको छ।

यतिबेला स्वास्थ्यकर्मीहरू अत्यन्त दबाबमा छन्। भारतको कारुणिक तस्बिर अस्पतालदेखि घाटसम्म देखिएको छ। ​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.