|

दाङ : चार महिनादेखि वेपत्ता दाङका संचारकर्मी देवेन्द्र वलीको कंकाल फेला परेको छ। गत माघ १५ गतेदेखि घोराहीबाट वेपत्ता रेडियो स्वर्गद्वारी एफएममा कार्यरत सञ्चारकर्मी वलीको कपडा र जुत्तासहित मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ।

घोराही उपमहानगरपालिका १६ को बाँघखोर सामुदायिक वनमा उक्त कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले बताए। कंकालसहित भेटिएको पाइन्ट, घडी, जुत्ता वलीकै भएको परिवारले बताएको छ।

शव गलेको अवस्थामा भेटिएकाले कंकाल वलीको हो या हैन भन्ने पहिचान खुलेको छैन। अहिले डिएनए पहिचानका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द रिजालले जानकारी दिए।

राप्ती शिक्षा क्याम्पसमा अध्ययनरत वली गत १५ माघमा क्याम्पसबाट डेरा फर्किएका र त्यसै दिनबाट वेपत्ता भएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.