|

काठमाडौं : लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनःविस्तार गरिएको छ। मुख्यमन्त्रीमा पुनः नियुक्ति भएपछि शङ्कर पोखरेलले सोमबार दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

मुख्यमन्त्री पोखरेलले कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकासमन्त्री र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरेका छन्। नवनियुक्त शिक्षामन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादव र राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री पोखरेलले पद तथा गोपनीयताको शपथ गराएका थिए।

सात सदस्यीय मन्त्रिमण्डलमा हाल मुख्यमन्त्रीसहित नेकपा (एमाले) का तीन र जनता समाजवादी पार्टीका राज्यमन्त्रीसहित चारजना सहभागी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.