|

पर्सा : भन्सार छली गरी गरी ल्याएको भारतीय नम्बर भएको जिप र विभिन्न समान प्रहरीले नियन्त्रणमा लिएको छ। 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बीआर ०५ पी ९२६९ को स्कार्पियो जिप र विभिन्न ठाउँबाट ६ लाख ९४ हजार ३५० रुपैयाँ बराबरको सामान बरामद भएको जानकारी दिए।

गाडी पर्सागढी नगरपालिका–१ मनवा बजारमा रोकिराखेको अवस्थामा नियन्त्रणमा लिइएको खनालले बताए। सूचनाका आधारमा फेला परेको जिपको धनी ननिस्किएको प्रहरीले बताएको छ।

वीरगञ्ज महानगरपालिका–२५ मौजे सिर्सिया सडक खण्डमा सोमबार बिहान २ बजे चार जनाले बीआर ०५ इ ३९०८, ना १८ प ७९०१, ना १६ प ७८५४ र ना २ प २४३० नम्बरको मोटरसाइकलमा लोड गरी ल्याउँदै गरेका समान पनि प्रहरीले बरामद गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.