|

काठमाडौं :  इरानले साउदी अरबलगायतका आफ्ना छिमेकीहरूसँग विवाद सुल्झाउन ‘कुनै पनि तह र हिसाबले’ वार्ताका लागि तयार रहेको जनाएको छ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता सईद खतिबजादेहले इरानले साउदी अरब र अन्य खाडी मुलुकहरूसँगको विवाद नचाहेको र यसलाई मिलाउनका लागि सधैँ तत्पर रहेको जानकारी दिए।

'स्वर र भाषणको परिवर्तनले तनाव कम गर्न धेरै मद्दत पुर्‍याउँछ,' खतिबजादेहले सञ्चारकर्मीसँगको साप्ताहिक भेटमा भने, 'वार्ताबाट व्यवहारमा परिवर्तन ल्याउन सकिने र यसले जटिल समस्याहरूलाई हल गर्न सहयोग गर्छन्।'

यस क्षेत्रका देशहरू, इरान र साउदी अरेबियाबीचको वार्ताले खाडी क्षेत्रलाई शान्ति, स्थायित्व र प्रगतिको मार्गमा अघि बढाउने पनि उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.