|

जाजरकोट : कोरोना महामारीका बेला फ्रन्टलाइनमा खटिएर काम गरेका जाजरकोटका स्वास्थ्यकर्मीले अझै जोखिम भत्ता पाएका छैनन्। 

भेरी नगरपालिकामा कार्यरत ८० जना र बारेकोट गाउँपालिकामा कार्यरत ६२ जना स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन्। अन्य स्थानीय तहका स्वास्थ्यकर्मीहरुले पनि नपाएको बताएका छन्। 

संघीय सरकारले जोखिममा काम गर्नेलाई १०० प्रतिशत, सर्पोटमा काम गर्नेलाई ७५ प्रतिशत र अन्य स्वास्थ्यकर्मीलाइ ५० प्रतिशत रकम दिने घोषण गरेको थियो। तर, अघिल्लो वर्षका चैतदेखि असार मसान्तसम्म र यो वर्षको साउनदेखि कात्तिकसम्मका जोखिम भत्ता नपाएको उनीहरुले बताएका छन्। 

त्यस्तै, कर्णाली प्रदेश मताहात रहेका स्वास्थ्यकर्मीले साउनदेखि कात्तिकसम्मको रकम नपाएको बताए। प्रयोगशालामा काम गर्ने स्वास्थ्यकर्मीहरुले सुरुको तलब स्केलको २५ प्रतिशत रकम पाउने व्यवस्था भए पनि उक्त रकम दुई वर्षदेखि नपाएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका एक स्वास्थ्यकर्मीले बताए।

कोरोना जोखिमका बेला काम गर्दा भेरी नगरपालिका र स्वास्थ्य सेवा कार्यालय, छेडागाड नगरपालिका र नलगाड नगरपालिकाका आठजना स्वास्थ्यकर्मीलाइ कोरोना  संक्रमण भएको छ। अन्य ६ स्थानीय तहका स्वास्थ्यकर्मीको पनि उस्तै समस्या रहेको उनीहरुले बताएका छन्। कुनै व्यवस्थापनविना काम लगाएका कारण आफूहरु संक्रमित भएको स्वास्थ्यकर्मी कृष्णबहादुर खत्रीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.