|

रसुवा : हिमाली जिल्ला रसुवामा आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ। 

कोरोना (कोभिड-१९) महामारी फैलन थालेपछि जिल्ला प्रशासनले सेवा बन्द गराएको हो। रसुवामा हालसम्म २३३ जनालाई कोरोना संक्रमण भएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीले अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको सूचना जारी गरेकी छिन्‌।

सो सूचनामा नयाँ भेरियन्टको कोरोना संक्रमणदर अत्याधिक बढिरहेको, कर्मचारीमा समेत कोरोना देखिएको, कार्यालयमा सेवाग्राहीको भीडभाड अत्याधिक रहेको र कागजी काम गर्दा समेत कोरोना सङ्क्रमण फैलनसक्ने भएकाले सेवा स्थगित गरिएको उल्लेख छ।

प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि नयाँ तथा प्रतिलिपि नागरिकता वितरण, नाबालक परिचयपत्र वितरण, सङ्घसंस्था र पत्रपत्रिका दर्ता तथा नवीकरण, राहदानी वितरण, राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा वितरण र अन्य अत्यावश्यक सेवाहरू स्थगित रहने जानकारी गराएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.