|

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल) मा धेरै मौकाहरू यस्ता छन् जहाँ खेलाडी शतकबाट एक रन टाढा रहँदा आउट भए। कतिपय अवस्थामा ९९ रनमा अविजित रहन पनि खेलाडी बाध्य हुने गरेका छन्।

आइपीएलमा ९९ रन बनाएर आउट हुने पहिलो खेलाडी विराट कोहली हुन्। उनी सन्‌ २०१३ मा दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) विरुद्धको खेलमा ९९ रनमा आउट भएका थिए।

मयङ्‌क अग्रवाल आइपीएल इतिहासमा तेस्रो यस्ता खेलाडी बने-जो शतकका लागि एक रन जोड्न नसक्दा चुके। ओभर समाप्ति भएका कारण उनी ९९ रनमा नटआउट रहे।

पञ्‍जाबको तर्फबाट जारी १४ औं सिजनको २९ औं खेलमा दिल्ली क्यापिटल्सको तर्फबाट मयङ्‌कले आफ्नो अविजित इनिङमा ९९ रन जोडे। दिल्ली विरुद्धको खेलको अन्तिम बलमा छक्का चाहिएको अवस्थामा उनले चौका प्रहार गरेपछि ९९ रनमा अविजित फर्कने तेस्रो खेलाडी बने।

उनी अघि सुरेश रैना र क्रिस गेल अविजित ९९ रनको शिकार भइसकेका छन्।

रैना पहिलो खेलाडी

आइपीएल- २०१३ को सिजनमा सनराइजर्स हैदराबाद विरुद्ध खेल्दै चेन्नई सुपर किंग्सका स्टार सुरेश रैनाले ९९ रनको नटआउट इनिङ खेले।

उनले ५२ बलमा ९९ रन बनाएका थिए। शतकबाट केवल १ रन टाढा रहेका रैनाले ११ चौका र ३ छक्का हिर्काएका थिए।

रैनालाई पनि अन्तिम बलमा छक्का हिर्काउन आवश्यक्ता थियो। तर, उनले चौका मात्र प्रहार गरेपछि ९९ रनमा अविजित फर्किन बाध्य रहे।

उक्त खेल चेन्नईले ७७ रनले जितेको थियो।

गेलपनि नटआउट ९९ क्लबमा

इन्डियन प्रिमियर लिगमा धेरै रेकर्ड आफ्नो नाममा पार्न सफल क्रिस गेलपनि नटआउट ९९ रनको शिकार भएका छन्।

किंग्स इलाभेन पञ्‍जाबबाट खेलिरहेका गेल २०१९ को इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बैंगलोर विरुद्ध ९९ रनमा अविजित रहे। उनले आफ्नो इनिङमा १० चौका र ५ छक्का प्रहार गरेका थिए।

सर्वाधिक धेरै शतक, सर्वाधिक धेरै रन तथा सर्वाधिक धेरै म्यान अफ द म्याच जितेको कीर्तिमान गेलकै नाममा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.