|

इलाम : माईजोगमाई गाउँपालिका–५ सोयाङमा लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ख्यामकुमारी लिम्बु रहेका छन्। 

सोमबार राति करिब ८ बजे छिमेकीको घर जाने क्रममा ख्यामकुमारी बाटोमा चिप्लिएर अन्दाजी २० मिटर तल झरेकी थिइन्। टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा राति सवा १० बजे इलाम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। शव  पोष्टमार्टमका लागि इलाम अस्पतालमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.