|

बलिउड नायिका कंगना रनौतको ट्वीटर खाता निलम्बनमा परेको छ।

पश्चिम बंगालमा चुनाव परिणामपछि ममता बनर्जीमाथि कंगनाले आपत्तिजनक टिप्पणी गरेकी थिइन्‌। लगत्तै उनको ट्वीटर खाता निलम्बनमा परेको हो।​

कंगनाले ममता बनर्जीलाई ट्वीट गरी आपत्तिजनक शब्द प्रयोग गरेकी थिइन्। अब आधिकारिक रूपमा कंगनाको ट्वीटर खाता निलम्बन भएको भारतीय सञ्‍चारमाध्यमहरूले उल्लेख गरेका छन्।

 

यस अघिदेखि नै उनले आलोचित हुने विभिन्न ट्वीट लेख्दै आएकी छन्। कंगना हाल सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) निकट छिन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.