|
फाइल फोटो

काठमाडौं : गण्डकी प्रदेशबाट पदमुक्त भएका अमिक शेरचनले आफूलाई अनिच्छा भएपनि पदमा बसिरहनु परेको बताएका छन्।

सोमबार बसेको मन्त्री परिषद् बैठकले पदमुक्त गरेपछि पोखरमा पत्रकार सम्मेलन गर्दै शेरचनले भने, 'म पहिले नै राजीनामा बुझाउन गएको थिएँ, त्यसबेला प्रचण्डले रोक्नुभयो।'

अनिच्छा हुँदाहुँदै पनि पदमा बस्न बाध्य भएको उनले बताए। आफूलाई पहिला प्रमुखको पदमा प्रचण्डले पठाएको नभएर साविक नेकपाले पठाएको शेरचनले उल्लेख गरे।

'मैले संविधानलाई हेरेर मात्रै काम गरेँ, त्यसैले मलाई प्रदेश सरकारबाट कार्यकालमा कुनै असहयोग भएन,' उनले प्रश्न गर्दै भने, 'अहिलेको राजनीति नै निरङ्कुशतातिर गइरहेको छ, नत्र अहिले मलाई निकाल्नुपर्ने कारण के हो?'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.