काठमाडाैं : सरकारले निषेधाज्ञालाई कडा बनाउँदै अन्तर्राष्ट्रिय उडान रोक्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल छाड्नेको भीड बढेको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने भएको छ। संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा गरेपनि हवाई उडान सुचारु थियो।
आन्तरिक तर्फको सम्पूर्ण उडान आज(२१ गते) बाट तोकिएको छ भने अन्तर्राष्ट्रिय उडान आगामी २३ गते बाट रोकिँदै छ। अन्तर्राष्ट्रिय उडान रोकिने भएपछि नेपाल छोडेर जानेको भीड विमानस्थलमा बढेको हो। आगामी २३ गतेपछि उडान तालिका भएका विमान कम्पनीहरुले पनि तालिका संशोधन गरेर अगाडी नै यात्रु उडाउन लागेका छन्।
कोरोनाको संक्रमण झन बढ्दै गएपछि सरकारले आवागमनको सम्पूर्ण गतिविधि रोक्ने तयारी पनि गरेको छ। १६ गतेदेखि एक हप्ताका लागि जारी भएको काठमाडौंको निषेधाज्ञा पुनः एक हप्ता थप्ने तयारी सरकारको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।