|

जनकपुरधाम : जनकपुरधाममा बोराभित्र कोचेर फालिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीस्थित सिक्सलेन सडकको छेउमा रहेको आँप बगैँचामा आज अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

बोरामा कोचेर बोराको मुख बाँधेर फालेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

धनुषाका डिएसपी मकेन्द्र मिश्रले पहिचान नखुलेको शवको  शरीरमा अन्य कुनै चोटपटक नदेखिए पनि शव बोराबाट झिकेर हेर्दा झुण्डिएर मृत्यु भएको जस्तो घाँटीमा निलडाम देखिएको बताए। कसैले हत्या गरेर फालेको आशंका भएकाले अनुसन्धान भइरहेको उनले बताए।

मिश्रका अनुसार घटनास्थलमा विशेष तालिम प्राप्त कुकुरबाट अनुसन्धान थालिएको छ। तर पानी परिरहेको कारण अनुसन्धानमा समस्या आएको छ। कसैले राति नै बोरामा हालेर फालेको जस्तो देखिएको प्रहरीले जनाएको छ।

घटनास्थलको प्रकृति मुचुल्कापश्चात् शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको यसबारेअनुसन्धनन भइरहेको प्रहरीले जनाएको छ। शव भेटिएको ठाउँ सिक्सलेन सडकको दुई सय मिटर पश्चिममा आँप बगैँचामा पर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.