|

काठमाडौं : म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। 

गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा फ्रेन्च क्लब पिएसजीलाई २-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटीले समग्रमा ४-१ गोल अन्तरको जित हासिल गर्दै फाइनलमा पुगेको हो। यस अघि पहिलो लिगमा सिटीले पिएसजीलाई २-१ले हराएको थियो। 

सिटीको जितमा रियाद महरेजले दुवै गोल गरेका थिए। महरेजले खेलको ११औ र ६३औ मिनेटमा गोल गरेका थिए। खेलको ६९औ मिनेटमा पिएसजीका एन्जल डि मारियाले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो।

अब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको फाइनलमा चेल्सी र रियल म्याड्रिडबीचको विजेतासँग खेल्ने छ। दुवै पहिलो लिगमा १-१ को बराबरीमा छन् भने दोस्रो लिग आजराति खेल्दै छन्।

यस सिजनमा प्रिमियर लिगको उपाधि पनि जित्ने निश्चित रहेको म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको फाइनल खेल मे २९ मा खेल्ने छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.