|

काठमाडाैं : च्याम्पियन्स लिगअन्तगर्त आज राति सर्वाधिक विजेता रियल मड्रिडले चेल्सीसँग सेमीफाइनलको दोस्रो लेग खेल्दै छ। 

स्पेनी टोली रियलले घरेलु मैदानमा इंग्लिस क्लब चेल्सीसँग पहिलो लेगमा १-१ को बराबरी गरेको थियो। आज उसलाई कुनै हालतमा कम्तीमा १-० को जित आवश्यक छ, २-२ को बराबरी गर्न सके पनि रियलले फाइनलमा स्थान बनाउन सक्छ। चेल्सीले भने गोलरहित बराबरीमा खेल टुंग्याए पनि फाइनलमा म्यानचेस्टर सिटीसँगको भेट पक्का गर्न सक्नेछ। 

चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा खेल राति पाैने एक बजे हुनेछ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.