|

काठमाडौं : चेल्सी युइएफ़ए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। 

गएराति सम्पन्न च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलमा चेल्सीले रियल म्याड्रिडलाई २-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-१ को जित निकाल्दै फाइनलमा पुगेको हो। यस अघि सेमिफाइनलको पहिलो लिगमा दुबै १-१ गोलको बराबरीमा रोकिएका थिए।

चेल्सीको जितमा टिमो वेर्नर र मासन माउन्टले एक एक गोल गरेका थिए। वेर्नरले खेलको २८औ मिनेटमा गोल गरे भने माउन्टले ८५औ मिनेटमा गोल गरेका थिए।

योसँगै चेल्सी तेस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। यस अघि २००८ मा फाइनलमा पुगेको चेल्सी म्यानचेस्टर युनाइटेडसँग पराजित हुदै उपविजेतामा चित्त बुझाएको थियो भने दोस्रो पटक २०१२ मा फाइनल पुग्दै बायर्न म्युनिखलाई पराजित गरेर उपाधि जितेको थियो।

चेल्सीका प्रशिक्षक टोमस टुचेलले लगातार दोस्रो सिजन प्रशिक्षकको रुपमा च्याम्पियन्स लिगको फाइनल पुगेका छन्। उनी अघिल्लो सिजनमा पिएसजीको प्रशिक्षकको रुपमा फाइनलमा पुगेका थिए। उनी दुई फरक क्लबबाट लगातर च्याम्पियन्स लिगको फाइनलमा पुग्ने पहिलो प्रशिक्षक बनेका छन्।    

अब फाइनलमा उपाधिका लागि चेल्सीले प्रिमियर लिगकै क्लब म्यानचेस्टर सिटीको सामना गर्ने भएको छ। सिटीले यस अघि पिएसजीलाई पराजित गर्दै क्लबको इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा आफ्नो स्थान बनाएको छ। फाइनल खेल मे २९ मा हुने छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.