|

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले गोरु काटेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार पक्राउ पर्नेहरूमा कास्कीको पोखरा महानगरपालिका–१८ लामागाउँका ८४ वर्षीय वीरबहादुर तामाङ र सोही वडाको धारापानीका ५० वर्षीय गङ्गाबहादुर गुरुङ हुन्‌।

पोखरा महानगरपालिका–१८ पिपलडालीमा गोरु काटिरहेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बगरबाट गएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

गोरुको टाउको, मासु र मासु काट्न प्रयोग हुने हतियारसहित पक्राउ परेका उनीहरू विरुद्ध पशुपक्षी सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत कास्कीबाट आठ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.