|

काठमाडौं :  अमेरिकाको न्यू जर्सीमा अध्ययनरत नेपाली विद्यार्थी अजय साहको शव फेला परेको छ।  

गत जनवरी महिनादेखि न्यू जर्सीबाट न्यूयोर्कको लागि हिँडेका उनको लाश मोरिस काउन्टी अभियोजक कार्यालयले भेटेको हो।

गत जनवरी १८ देखि हराइरहेको उनका दाई शिव साहले बताएका थिए।  साह विगत साढे २ वर्ष देखि ड्रू विश्व विद्यालयमा अध्ययनरत थिए। उनका दाजु पनि अमेरिकाकै टेक्सासमा बसोबास गर्दै आएका छन्।

सिरहा भएका २२ वर्षीय  साहको गत सोमबार उनको लाशको पहिचान भएको र शव ब्रुकलिनको एङ्कोरेज नहरमा फेला परेको जनाइएको छ।

बेपत्ता भएका साहलाई अन्तिम पटक न्यू जर्सीको नेवार्क–पेन स्टेसनमा देखिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.