|

रुकुम (पूर्व) : रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सञ्चालन गरेको आरटी पिसिआर परीक्षण प्रयोगशालामा कोरोना परीक्षणका लागि स्वाब परीक्षण गराएका विभिन्न पालिकाले परीक्षणबापतको शुल्क दिएका छैनन्।

परीक्षणका लागि स्वाब पठाएका रुकुम पश्चिम र छिमेकी जिल्ला सल्यान, जाजरकोट र रुकुमपूर्वबाट गरी २२ लाख १० हजार रुपैयाँ उठ्न बाँकी रहेको चौरजहारी नगरपालिकाले जनाएको छ। 

चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले अप्ठ्यारो बेलामा गरेको कामलाई अन्य सरकारले समेत साथ नदिएको बताए। महामारीका बेला नागरिकको स्वास्थ्य जाँचलाई आफूले प्राथमिकतामा राखेर काम गरेको तर अगाडि बढ्नलाई काँध नथाप्ने अन्य सरकारका कारण हानि भएको उनले गुनासो गरे।

गएको वर्ष कोरोना परीक्षणको शुल्क दिन्छौँ भनेपछि नगरपालिकाको खर्चमा परीक्षण गरिएको तर अहिलेसम्म पनि भुक्तानी नपाइएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए।

तत्कालीन अवस्थामा सरकारले पिसिआर परीक्षणको लागि प्रतिव्यक्ति दुई हजार रुपैयाँ तोकेको र चौरजहारी नगरपालिकाबाहेकका अन्य १४ पालिकाबाट त्यही दरमा रकम माग गरिएको अधिकृत केसीले जानकारी दिए। 

आरटी पिसिआर परीक्षण प्रयोगशाला चौरजहारीमा गएको वर्षको असार अन्तिम हप्तादेखि पुस मसान्तसम्म प्रयोशालामा १० हजार पाँच सय ९४ जनाको स्वाब परीक्षण गरेको थियो। जसमध्ये चौरजहारी नगरपालिकाका मात्र दुई हजार पाँच सय आठवटा थियो भने अन्य पालिकाका आठ हजार ८६ स्वाब परीक्षण गरिएकोमा १ हजार एक सय ५ जनाको गरी २२ हजार १० हजार रुपैयाँ शुल्क आउन बाँकी रहेको नगरले जनाएको छ। 

गत वर्ष पिसिआर परीक्षण गर्दाको रुपैयाँ हालसम्म पनि भुक्तानी नआएकोले हाल पिसिआर परीक्षण आर्थिक अभावले बन्द भएको नगरले बताएको छ।     

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.