उद्धारका लागि गएको हेलिकोप्टर खराब मौसमका कारण बीचबाटै फर्कियो
उद्धारका लागि गएको हेलिकोप्टर खराब मौसमका कारण बीचबाटै फर्कियो
म्याग्दी : म्याग्दीको धवलागिरि गाउँपालिका-४ मुदीमा पर्ने धौलागिरि हिमाल आरोहणका लागि दुई साताअघि गएको टोलीका सदस्यलाई कोरोना संक्रमण भएको छ।
टोलीमा नेपाली र विदेशी गरी १३ जना थिए। तीमध्ये चार जना शेर्पालाई कोरोनाको लक्षण देखिएपछि तीन दिनअघि हेलिकोप्टरमार्फत काठमाडाैं लगेर परीक्षण गरिएको थियो। उनीहरूको रिपोर्ट पोजेटिभ आएको आरोहण दलमा संलग्न पर्यटन व्यवसायी इन्द्रमान शेरचनले जानकारी दिए।
उनका अनुसार अन्य आरोही बिरामी छन्। उनीहरू धौलागिरि आधार शिविरभन्दा माथि रोकिएका छन्। उनीहरूको उद्धारका लागि बिहीबार (आज) काठमाडाैंबाट धौलागिरि हिमालको आधार शिविरतिर उडेका तीनवटा हेलिकोप्टर खराब मौसमका कारण मुदीबाटै फर्किएका शेरचनले बताए।
विभिन्न देशबाट आरोहणका लागि आएका १० जना विदेशी फर्किने तयारीमा रहेको बताइए पनि आरोहण दलमा रहेका पत्रकार पूर्णिमा श्रेष्ठसहित तीन जना नेपाली आरोही फर्किने वा बेसक्याम्पमै बस्ने भन्नेबारे अझै जानकारी आएको छैन।
आरोहण दलमा १० जना विदेशी र ३ जना नेपाली छन्। बिरामी आरोहीको उद्धारका लागि गएका अल्टच्युट कम्पनीका २ र कैलाशको एउटा गरी ३ वटा हेलिकोप्टर गएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।