|

काठमाडौं : वैदेशिक रोजगारीबाट फर्किएर घर जान लागेका यात्रुसँग तीन गुणा बढी भाडा लिएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

यात्रुसँग बढी भाडा लिने तीन तीन जनालाई शुक्रबार पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले पक्राउ परेका तीनै जना टिकट काउन्टरका कर्मचारीहरू हुन्।

पक्राउ पर्नेमा कोटेश्वरबाट धनुषा मिथिलाका ४३ वर्षीय कृष्ण देवकोटा, झापा गौरदहका ४२ वर्षीय खड्गबहादुर भण्डारी र गौशालाबाट दोलखा सिंगटीका ३४ वर्षीय राम सुरेललाई छन्।

उनीहरूलाई महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले पक्राउ गरेको एसएसपी भट्टराईले जानकारी दिए। उनीहरूले काठमाडौंदेखि झापा र मोरङ्ग जाने यात्रुहरूसँग जनही तीन हजार देखि चार हजार पाँच सयसम्म भाडा लिएको खुलेको छ।

काठमाडौं उपत्यकामा निषेधाज्ञाको मौका छोपेर वैदेशिक रोजगारीबाट फर्किएका तथा अत्यावश्यक परी घर फर्किने यात्रुहरूसँग तोकेकोभन्दा तीन गुणा बढी भाडा लिएको पाइएको महाशाखाले जनाएको छ। महाशाखाले हाल सम्म बढी भाडा लिई ठगी गर्ने ६ जनालाई पक्राउ गरिसकेको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.