|

स्याङ्जा : गण्डकी प्रदेशका सांसद भागवत प्रकाश मल्लको डोजर प्रहरीले नियन्त्रणमा लिएको छ। ग१क १४७१ नम्बरको डोजरले नदीजन्य वस्तु उत्खननमा संलग्न भएको भन्दै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक होबिन्‍द्र बोगटीले जानकारी दिए।

पुतलीबजार नगरपालिका–१३, पुल को मुखमा अवैध रुपमा आँधीखोला दोहन गरी काम गरिरहेको अवस्थामा डोजर नियन्त्रणमा लिइएको हो। जलस्रोत तथा सिञ्‍चाइ विकास डिभिजन कार्यालय स्याङ्जाअन्तर्गत नदी नियन्त्रणको काम गरिरहेको अवस्थामा गजिन्द्र निर्माण सेवा स्याङ्जा लेखिएको डोजर नियन्त्रणमा लिएर नगरपालिकालाई बुझाइएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए।

आफ्ना बुवा गजेन्द्र मल्लको नाममा रहेको गजेन्द्र निर्माण सेवाको फर्म पछिल्लो समय सांसद मल्लले संचालन गर्दै आएका छन्। लामो समय सांसद मल्लका बुवा गजेन्द्रले संचालन गर्दै आए पनि बुवा बिरामी भएपश्चात् उनै मल्लले संचालन गर्दै आएका हुन्। सांसद मल्ल स्याङ्जा क्षेत्र नं २ को प्रदेश ख का नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन्।

नदीजन्य वस्तु खोलाबाट निकाल्दा तोकिएको मापदण्डअनुसार ननिकालिएको कारण नगरपालिकाले जरिवाना काट्न सक्ने नगरप्रमुख सीमा कुमारी क्षेत्रीले बताइन्। उनले भनिन्, ‘नगरभित्र विकास निर्माण के भइरहेको छ, नगरसँग समन्वय पनि हुन आवश्यक छ।’ यसरी अवैध रूपमा उत्खनन गरिएका टयाक्टर तथा टिप्परबाट ८ देखि १५ हजारसम्म नगरपालिकाले  जरिवाना  लिने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.