|

अर्घाखाँची : अस्पतालमा बेड खोज्दाखोज्दै बुटवलमा एक जना वडा सदस्यको एम्बुलेन्समै मृत्यु भएको छ। 

बुटवल उपमहानगरपालिका-७ का ४४ वर्षीय वडा नवीन थापामगरको मृत्यु भएको उपमहानगरपालिकाका प्रवक्ता राम प्रसाद रेग्मीले जानकारी दिए। 

थापालाई एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भएको थियो। उनी अस्पतालमा बेड नपाउँदा होम आइसोलेसनमा बस्दै आएका थिए।

बिहीबार स्वास्थ्यमा थप समस्या आएपछि उनलाई क्रिमसन अस्पताल मणिग्राम पुर्‍याइएको थियो। तर अस्पतालले आइसियु र भेन्टिलेटर खाली नभएको बताएपछि एम्बुलेन्समा राखेर थापालाई भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेज पुर्‍याइएको थियो।

'तीन वटा अस्पतालमा पुर्‍याउँदा पनि कतै पनि बेड पाएनौं,' रेग्मीले भने, अन्ततः अस्पताल धाउँदा धाउँदै एम्बुलेन्समै उहाँको निधन भयो।

नवीनका श्रीमती र १ छोरी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.