|

काठमाडौं : बालुवाटार सरकारी जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई थुनामुक्त गर्ने र नगर्ने बारे न्यायाधीशबीच राय बाझिएपछि मुद्दा पूर्ण जलासमा जाने भएको छ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईबीच शुक्रबार राय बाझिएपछि मुद्दाको सुनुवाइ सर्वोच्चको पूर्ण इजलासमा हुने भएको हो। अदालतका संचारविज्ञ किशोर पौडेलका अनुसार न्यायाधीश खतिवडाले तीन करोड धरौटी लिएर ढकाललाई छाड्ने राय दिएका छन् भने भट्टराईले छोड्न नहुने राय दिएका छन्।

दुई न्यायाधीशको राय बाझिएपछि अब यो मुद्दा पूर्ण इजलासमा जाने भएको छ। सर्वोच्चले सोही जग्गा प्रकरणमा मुछिएका अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई भने पाँच लाख धरौटीमा छोड्न आदेश दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.