काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा थप ४ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंमा तीन हजार ८९,भक्तपुरमा तीन सय ७४ र ललितपुरमा ६ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार काठमाडौंमा सक्रिय संक्रमितको संख्या २५ हजार ९ सय ४० रहेका छन्। अहिले सम्म आठ सय १४ जना संक्रमितको मृत्यु भएको छ। त्यस्तै,भक्तपुरमा तीन हजार दुई सय ५२ जना सक्रिय संक्रमित छन् भने एक सय ६८ जनाको मृत्यु भएको छ।
ललितपुरमा सक्रिय संक्रमितको संख्या पाँच हजार चार सय २९ जना छन् भने,हाल सम्म दुई सय ३२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।