|

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले गृहमन्त्री रामबहदुर थापा बादलको तुलना डाक्टर खिमलाल देवकोटासँग हुनै नसक्ने बताएका छन्।

पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा बादल र देवकोटाबीच भिडन्त हुन लागेको सन्दर्भमा पोखरेलले यस्तो बताएका हुन्। शुक्रबार बादलविरुद्ध एमालेकै नेपाल समूहका देवकोटाले विपक्षी गठबन्धनबाट 'स्वतन्त्र' भन्दै उम्मेदवारी दिएका छन् ।

‘जसरी माधव कमरेडको तुलना बादल कमरेडसँग हुँदैन भनेर हामी भन्छौं, त्यसरी नै बादल कमरेडको तुलना खिमलाल देवकोटासँग हुनै सक्दैन, मनन गरौं।’ पोखरेलले फेसबुकमा लेखेका छन्। 

नेकपा हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिकिएका बादल सर्वाेच्चले साविक अवस्थामा फर्काइदिएपछि एमालेमै बसेका छन्। पार्टी छाडेको भन्दै माओवादी केन्द्रले कारवाही गरेपछि राष्ट्रियसभामा उनकाे स्थान रिक्त हुन पुगेको हाे। सोही पदमा आगामी जेठ ६ गते उपनिर्वाचन हुँदैछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.