|

काठमाडौं : काठमाडौं उपत्यकामा हिजोभन्दा आज कोरोना संक्रमितको संख्या एक हजार घटेको छ । 

हिजो शुक्रबार ४ हजार १ सय ६ जना संक्रमित भेटिएको उपत्यकामा आज ३ हजार १ सय १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २ हजार २ सय ७०, ललितपुरमा ४ सय ६२ र भक्तपुरमा ३ सय ८१ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । 

संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा लगाइएको छ । 

सक्रिय संक्रमितको संख्या काठमाडौंमा २६ हजार ४ सय २६ पुगको छ भने ललितपुर र भक्तपुरमा यो संख्या क्रमशः ५ हजार ७ सय १२ र ३ हजार ५ सय ४० रहेको छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.