|

काठमाडाैं : सन २०२२ का लागि आवेदन दिइएको डाइभर्सिटी भिसा (डिभी) को नतिजा आज राति प्रकाशित हुने भएको छ। 

नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारीअनुसार आज राति पाैने १० बजे डिभीको नतिजा प्रकाशित हुँदै छ। 

नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेसन नम्बर प्रयोग गर्नुपर्नेछ। छनोट हुन सफल आवेदकलाई त्यसपछिको प्रक्रियाबारे जानकारी उक्त साइटमा नै उपलब्ध हुने बताइएको छ। दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डिभी कार्यक्रममा छनोट भएको भन्ने व्यहोरा इमेलमार्फत पठाउँदैनन्।

आज मे ८ अर्थात वैशाख २५ गते नेपाली समयअनुसार रातिको ९:४५ बजेबाट डिभी २०२२ का लागि तपाईंले दिनुभएको आवेदनको नतिजा...

Posted by U.S. Embassy, Nepal on Saturday, May 8, 2021

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.