|

धनगढी : सुदूरपश्चिम प्रदेशको ‘रेफरल’ अस्पतालका रुपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अक्सिजन बैंक स्थापना गरिने भएको छ। प्रदेशमा अक्सिजन अभाव भइरहेका बेला प्रादेशिक अस्पतालले अक्सिजन बैंक स्थापना हुने भएको हो।  

९० हजार किलोग्राम अटाउने अक्सिजन बैंक अर्थात सिलिण्डर खरिदका लागि बोलपत्र आह्वान गरिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। वैशाख २३ गते ७ दिनका लागि बोलपत्र आह्वान गरिएको सूचना सार्वजनिक गरिएको श्रेष्ठले जानकारी दिए। 

सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट छ। तर सिलिण्डरको अभावका कारण कोरोना संक्रमितहरुले अक्सिजन पाएका छैनन्। प्रादेशिक अस्पतालका सबै शैया र कोरोना अस्थायी अस्पतालमा प्लान्टको पाइपहरु जोडिएको छैन्।

प्रादेशिक अस्पतालमा ९० हजार किलोग्राम क्षमताको सिलिण्डर स्थापना भए कोरोना संक्रमितलाई अक्सिजन दिन सहज हुने प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए। उनले सेती प्रादेशिक अस्पताललाई सिलिण्डर चाँडो खरिद गर्न भनेको बताए।

सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पताललाई एककरोड १६ लाख बजेटको अख्तियारी दिएको थियो। सो रकमबाट ९० हजार किलोग्राम क्षमताको सिलिण्डर स्थापना गर्न थालिएको हो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.