|

बेलायतमा फेला पारिएको कोरोना भाइरसको भेरियन्ट (युके भेरियन्ट) पाकिस्तानमा पनि तीव्रतर फैलिएको छ। पछिल्लोपटक त्यहाँ पहिचान गरिएका संक्रमितमध्ये ७० प्रतिशतमा यो भेरियन्टको भाइरस संक्रमण भएको पाइएको छ। 

त्यहाँ कोरोना महामारीबारे अध्ययन गरिरहेको एक अनुसन्धान केन्द्रले देशभर फेला पारिएकामध्ये ७० प्रतिशत मामिला बेलायती भेरियन्टकै रहेको पाइएको जानकारी दिएको हो।

कराँची विश्वविद्यालयको इन्टरनेशनल सेन्टर फर केमिकल एण्ड बायोलोजिकल साइन्सेज (आइसीसीबीएस) का निर्देशक डा. मोहम्मद इकबाल चौधरीले भनेका छन्, पाकिस्तानमा अहिले ७० प्रतिशतसम्म संक्रमण युके भेरियन्टबाट भएको पाइएको छ। 

आइसीसीबीएसले कारोना भाइरसको नमूनामाथि अध्ययन गर्छ र शोधका आंकडा सरकारलाई उपलब्ध गराउने गर्छ। 

कोरोनाको युके भेरियन्ट अन्यभन्दा निकै संक्रामक रहेको पाइएको छ। यो भेरियन्ट मानव जीवनका लागि कति घातक छ भन्नेबारे पनि अनुसन्धान भइरहेको चौधरीले बताएका छन्।

अहिले पाकिस्तानमा दैनिक पाँच हजार संक्रमित थपिइरहेका छन् भने प्रतिदिन कम्तिमा १०० जना संक्रमितको ज्यान गइरहेको छ।

आगामी साता रमजान समापन गर्न मनाइने पर्व ईद–उल–फित्रका बेला सार्वजनिक स्थानमा जमघट हुन नदिन कडा प्रतिबन्ध घोषणा गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.