|

काठमाडौं : सोमबार डाकिएको प्रतिनिधि सभा बैठकमा कोरोना संक्रमित सांसदलाई कसरी सहभागी गराउने भन्ने विषयमा अझै टुङ्‌गो लाग्न सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन प्रतिनिधि सभा बैठक डाकिएको छ।

आज दिउँसो वा भोलि बिहान कार्यव्यवस्था परामर्श समितिको बैठकमा यसबारे टुङ्‌गो लगाइने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिएका छन्‌।

पाण्डेका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले संसद्‌ संचालन सुरक्षाका मापदण्डबारे स्वाथ्य क्षेत्रका विज्ञ र केही सांसदहरूसँग अनौपचारिक छलफल गरिसकेका छन्‌।निर्णय लिन भने बाँकी छ।

स्वाथ्य क्षेत्रका विज्ञहरूले सरकार र विश्व स्वाथ्य संगठनले तोकेका सबै मापदण्ड पालना गरेर बैठक संचालन गर्न सुझाव दिएका छन्।

प्रधानमन्त्रीले विश्वासको मत लिन भोलिका लागि प्रतिनिधि सभा बैठक आह्वान गरेपछि केही दिनअघि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद, संसद सचिवालयका कर्मचारी र पत्रकार लगायतको स्वाब परीक्षण गरिएको थियो। २६ जना सांसदसहित १६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.