|

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले आजदेखि कोभिड रिलिफ नेपाल अभियान अन्तर्गत 'हेल्लो डाक्टर'मार्फत स्वास्थ्य परामर्श दिने भएको छ।

कोरोना संक्रमण भई घर वा आइसोलेशनमा बसेका र चिकित्सकको सल्लाह/परामर्श लिन कठिनाइ भोगिरहेकाहरूले हेल्लो डाक्टरमार्फत सहयोग लिन सक्ने महासंघले जनाएको छ।

हेल्लो डाक्टरमा भाइबरमार्फत कोभिड संक्रमित बिरामी र चिकित्सकबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिनेछ। प्रारम्भमा पाँचजना डाक्टरबाट परामर्श दिइने महासंघले जानकारी दिएको छ।

हेल्लो डाक्टरमार्फत सिधै डाक्टरसँग परामर्श गर्न पाइने हुँदा कोभिड संक्रमति बिरामीमा देखिने चिन्ता कम गर्न र आत्मबल बढाउन सहयोग पुग्ने महासंघले विश्वास व्यक्त गरेको छ।

महासंघले सामाजिक उत्तरदायित्व अन्तर्गत यो अभियान सञ्‍चालन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.