|

काठमाडौं : स्याउको मुख्य थलो हिमालपारिको जिल्ला मुस्ताङस्थित मार्फा बगान फूलले ढकमक्क ढाकिँदा कृषक उत्साही भएका छन्।

अहिले स्याउको बोटमा ढकमक्क फूल फुलेको छ। विगतभन्दा राम्रोसँग फूल फुलेकाले परागसेचन राम्रो भए उत्पादन पनि बढ्ने अपेक्षा गरिएको मार्फाका स्याउ किसानहरूले बताएका छन्‌।

यस वर्ष सिँचाइ गर्ने समयमा हिमपात भएकोले पनि स्याउको फूल राम्रो खेलेको उनीहरूले जानकारी दिएका छन्‌।

दिउँसो घाम लाग्दा माहुरी लगायत पराग सेचनका लागि मद्दत गर्ने कीरा आगमन पनि बढिरहेको छ। त्यसकारण पनि उत्पादन बढ्ने कृषकहरूले अपेक्षा गरेका छन्‌।

फोटो : गोरखापत्र

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.