|

रौतहट : रौतहटका विभिन्न बजारबाट प्रहरीले १३८ वटा अक्सिजन सिलिण्डर बरामद गरेको छ। प्रहरीले श्निबार  र आइतबार बजारका विभिन्न पसलबाट सिलिण्डर बरामद गरेको हो।

स्वस्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले स्टक गरी राखेको अक्सिजन सिलिण्डर बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सिद्धिविक्रम शाहले बताए। सिलिण्डर गरुडा, गौर र चन्द्रपुर गरी सात स्थानबाट नियन्त्रणमा लिएको हो। सिलिण्डर स्टक गर्ने व्यक्तिमाथि अनुसन्धान भइरहेको शाहले बताए।

बरामद गरिएको सिलिण्डर गौर अस्पतालमा रहेको अस्थायी कोभिड वार्डका डा. घनश्याम ठाकुरलाई हस्तान्तरण गरेको शाहले बताए। गौर अस्पतालमा १६ जना कोभिड संक्रमितको उपचार भइरहेको छ।

कोरोनाको दोस्रो लहर आएपछि रौतहटमा ३२९ जनामा संक्रमण देखिएको छ। जसमध्ये २९२ जना सक्रिय संक्रमित हुन्। यस्तै, १४ जना संक्रमितको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.