|
फाइल फोटो

बाँके : कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बाँकेमा निषेधाज्ञा जारी भएपछि किसानले लगाएको गोलभेंडा बारीमै कुहिन थालेका छन्। सवारीसाधन सञ्चालन नभएपछि बारीमा गोलभेडा लिन पुग्ने व्यवसायी र खुद्रा ग्राहक पनि नआउँदा किसान मर्कामा परेका छन्। 

निषेधाज्ञामा कृषिजन्य उत्पादन ढुवानीका सवारीसाधनलाई निर्वाध चल्न दिने बताए पनि व्यवहारमा त्यसो हुन नसेपछि किसानले लगाएको तरकारी बारीमा नै कुहिने गरेका हुन्। उत्पादित तरकारी बजारसम्म लैजान नसक्दा किसानहरु दोहोरो मारमा परेका छन्। दैनिक गुजाराका लागि हुने आम्दानी पनि रोकिएको छ भने बैकबाट लिएको ऋणको व्याज पनि तिर्न नसक्ने अवस्था सिर्जना भएको छ। 

बैजानाथ गाँउपालिका–८ फत्तेपुरका किसान विनोद भुसालले उत्पादन गरेको गोलभँेंडा बिक्री नहुँदा ११ लाख रुपैया बराबरको घाटा लागेको बताए। गोलभेंडा बिक्री गर्ने समयमा निषेधाज्ञा जारी भएपछि आफ्नो सम्पूर्ण लगानी डुबेको किसान भुसालले गुनासो गरे। उनले कृषि विकास बैँकबाट ५ लाख रुपैयाँ ऋण लिएर १० कट्ठा जमिनमा तरकारी खेती गरेका थिए।

भुसालको चन्द्रा चौधरीले माछा, बंगुर र तरकारी खेती समेत गर्दै आएका छन्। त्यस क्षेत्रका अगुवा किसान चौधरीले बजार व्यवस्थापन हुन नसक्दा समस्या भएको बताउँछन्। 

व्यवसायीक तरकारी खेतीका लागि विधिबत फर्म दर्ता गराएका अधिकांश किसानले सरकारबाट सहयोग नपाएको गुनासो गर्ने गरेका छन्। बल्लतल्ल ऋण गरेर लगानी गरेर उत्पादन भएको तरकारीको सरकारले बजार प्रबन्ध गरिदिनुपर्ने माग उनीहरुको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.