|
फाइल फोटो

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसद्मा विश्वासको मत लिँदै गर्दा शिर्ष नेताहरू छलफलमा जुट्न लागेको हुन्। आजै दिउँसो बैठक बस्ने तयारी भइरहेको नेता केशव झाले जानकारी दिए।

बैठकमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, राजेन्द्र महतोलगायतको नेताहरु सहभागी हुने उनले बताए।

बैठक बस्नुअघि जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीलाई संसद्मा विश्वासको मत दिन नसक्ने सुनाएर फर्किएका छन्। अध्यक्ष ठाकुरसँग वरिष्ठ नेता राजेन्द्र महतो पनि थिए।

जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवले भने ओली सरकार ढालेर नयाँ सरकार बनाउने जोडबलमा लागिरहेका छन्। तर, अध्यक्ष ठाकुर ओलीतिर नजिक भएको भए पनि आज तटस्थ बस्ने बताएका छन्।

अध्यक्ष ठाकुरसँग कुरा नमिलेको कारणले अहिलेसम्म नयाँ सरकार गठन प्रक्रिया अघि बढ्न सकेको छैन। ओली सरकारलाई निरन्तरता दिने या नयाँ सरकार बनाउने भन्ने बिषयमा जसपामा तीव्र विवाद छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.