|

काठमाडौं : गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार आइतबार पर्वत जिल्ला फलेवास नगरपालिका-५ का ६४ वर्षीय पुरुषको मृत्यु भएको हो।

संक्रामक तथा सरुवा रोग अस्पताल,पोखरामा उपचारको क्रममा बिहान करिब १० बजे उनको मृत्यु भएको गण्डकी प्रदेश काेराेना नियन्त्रण तथा राेकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिए। 

उनका अनुसार योसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मुत्यु हुनेको संख्या दुई सय ६३ जना पुगेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.