काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्व लडाइँमा वैज्ञानिक महावीर पुनले खेलेको भूमिकाको प्रशंसा गरेका छन्।
उपप्रधानमन्त्री पोखरेलले आविष्कार केन्द्रको कार्य अनुकरणीय रहेकाले यसको सुदृढ जीवनका लागि लाग्न पुनलाई आग्रह गरे। सरकारका तर्फबाट आविष्कार केन्द्रलाई सक्दो सहयोग गर्ने उनले बताए।
सिंहदरबारमा आज भएको भेटमा कोरोनाविरुद्व लडाइँमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहेका पुनले खेलेको भूमिकाको उपप्रधानमन्त्री पोखरेलले प्रशंसा गर्दै कोरोनाविरुद्व लडाइँ सफल बनाउन सबै नागरिकको सकारात्मक भूमिकाको जरुरत रहेको बताए।
भेटमा आविष्कार केन्द्रका अध्यक्ष पुनले कोरोनाको संकट आउनासाथ आफूहरुले ११ प्रकारका सामान तयार गरी निःशुल्क वितरण गरेको जानकारी दिए।
उनका अनुसार, आविष्कार केन्द्रले अहिलेसम्म ३८ हजार ५ सय सेट पिपिई मानवीय हिसाबले निःशुल्क वितरण गरिसकेको छ। वैज्ञानिक पुनले संकटकालीन अवस्था भएकाले त्यहीअनुसार अध्यादेश र कानुनबनाएर भए पनि जनताको जीवनरक्षा गर्न उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।