|

जनकपुरधाम : प्रदेश २ विभिन्न उद्योग र कलकारखानाले जगेडा गरेर राखेको सातसय अक्सिजन सिलिन्डर प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार स्वास्थ्य प्रयोजन बाहेकमा अन्य प्रयोजनको लागि उद्योग तथा कलकारखानाले जगेडा राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिइएको हो।

प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ्ग वर्कशप, पसल तथा गोदामहरुमा जगेडा गरि राखिएका अक्सिजन सिलिन्डर प्रहरीले निन्त्रणमा लिएको जानकारी दिए।

प्रसाईंले अक्सिजन सहितको एकसय ३२ सिलिन्डर र खाली सिलिन्डर पाँचसय ६८ वटा गरी सातसय अक्सिजन सिलिन्डर बरामद गरिएकोे बताए। उनले प्रहरीले नियन्त्रणमा लिएको अक्सिजन सिलिन्डरहरु सम्बन्धित अक्सिजन प्लान्ट उद्योग, अस्पताल तथा आधिकारीक वितरकलाई बुझाइएको बताए।

‘विभिन्न ठाउँहरुमा नियन्त्रणमा लिइएको अक्सिजन अहिलेको कोरोना महामारीको बेला अभाव भइरहेको स्वास्थ्य प्रयोजनको लागि प्रयोग गर्नको लागि आवश्यक प्रकृया अघि बढाइएको छ’ प्रसाईंले भने,‘स्वास्थ्य प्रयोजन बाहेकका लागि स्टक राख्ने व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक कारबाहीको लागि समेत थप अनुसन्धान भइरहेको छ।’

कोरोना महामारीको दोश्रो लहरको बेला अस्पतालहरुमा अक्सिजनको अभाव भइरहेको हुँदा स्वास्थ्य प्रयोजन बाहेक कोही कसैले अन्य प्रयोजनका लागि स्टक नगरीदिन समेत प्रहरीले आग्रह गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.