|

ओखलढुंगा :  ओखलढुंगामा पनि आइतबार(आज) रातिदेखि निषेधाज्ञा लागू हुने भएको छ। 

जिल्लामा पछिल्लो समय क्रमशः कोभिड संक्रमित संख्यामा वृद्धि हुन थालेपछि थप संक्रमण नफैलियोस् भनेर आइतबार मध्यरातिदेखि लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो।

जिल्लामा सयाैं संख्यामा मानिसको भीडभाड बढ्न थालेको छ। बिहे ब्रतबन्धजस्ता भोज भतेरका कार्यक्रम जिल्लाभर भइहरेका छन्। जसका कारण जिल्लामा थप संक्रमण फैलने त्रास फैलिएको छ। जिल्ला प्रशासन कार्यालयले यसअघि पनि २५ भन्दा बढीको संख्यामा भेला नहुन आग्रह गर्दै आएको थियो। 

जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना पुष्टि भएको छ। शनिबार मोलुङमा स्वाब लिइएका ५६ मध्ये ८ जनामा संक्रमण पुष्टि भएको हो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.