|

काठमाडाैं : ला लिगाअन्तगर्त आइतबार राति भएको खेलमा उपाधिको दाबेदार टोली रियल मड्रिड सेभिल्लासँग घरेलु मैदानमा हारबाट जोगिएको छ। पहिलो हाफमा १-० ले पछि परेको रियलले नाटकीय बराबरी गर्न सफल भयो। बराबरीसँगै ला लिगा थप रोमाञ्चक मोडमा पुगेको छ।

ब्राजिलियन मिडफिल्डर फर्नान्डोले २२ औं मिनेटमा गोल गर्दै सेभिल्लालाई १-० को अग्रता दिलाएका थिए। पहिलो हाफ सुरक्षित राखेको सेभिल्लाले दोस्रो हाफमा १ गोल खायो। सब्सिच्युट खेलाडी मार्को एसेन्सियोले ६७ औं मिनेटमा गोल गर्दै रियललाई बराबरीमा ल्याएका थिए। 

पहिलो हाफमा सानदार प्रदर्शन गरेको सेभिल्ला दोस्रो हाफमा भने रियलसामु निरीह बनेको थियो। 

तर कर्नर प्रहार गर्ने क्रममा रियलका खेलाडीको हातमा बल लागेपछि सेभिल्लाले पेनाल्टी पायो। पूर्वबार्सिलोना मिडफिल्डर इभान राकटिचले पेनाल्टीमार्फत गोल गरेपछि सेभिल्लाले २-१ को अग्रता बनाएको थियो। 

तर निर्धारित समयपछि थप गरिएको ६ मिनेटको चाैथो मिनेटमा रियल मड्रिडका खेलाडीको प्रहार उनै फर्नान्डोको खुट्टामा लागेर आफ्नै पोलको दिशा लियो। अन्ततः रियल २-२ को बराबरीमा गर्न सफल भयो। 

जारी लिगमा बराबरीसँग रियलले ३५ खेलबाट ७५ अंक बनाएको छ। रियलको यो बराबरीले शीर्ष स्थानको एट्लेटिको मड्रिड र तेस्रो स्थानको बार्सिलोनालाई राहत मिलेको छ। बार्सिलोना र एट्लेटिकोले अघिल्लो खेलमा बराबरी गर्दै अंक बाँडेका थिए। बार्सिलोना पनि ३५ खेलपछि ७५ अंकका साथ लिगको तेस्रो स्थानमा छ। समान खेलपछि एट्लेटिको भने ७७ अंकसहित शीर्ष स्थानमा कायमै छ। 

यता सेभिल्ला भने ३५ खेलबाट ७१ अंक जोड्दै लिगको चाैथो स्थानमा कायमै छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.