|

काठमाडाैं : घरेलु मैदानमा एसी मिलानसँग युभेन्टसले लज्जास्पद हार बेहोरेको छ।

सिरिए अन्तर्गत आफ्नो ३५ औं खेलमा युभेन्टसले मिलानसँग ३-० ले स्तब्ध भयो। सोमबार बिहान भएको खेलमा पराजित भएसँगै युभेन्टसको आगामी च्याम्पियन्स लिग यात्रासमेत कठिन बनेको छ। हारपछि ऊ पाँचाैं स्थानमा खुम्चिन बाध्य भयो। 

उपाधि टुंगो लागिसकेको लिगमा युभेन्टस शीर्ष चारमा अटाउन संघर्षरत छ। 

पहिलो हाफको अन्तिममा मिलानले गोलको खाता खोलेको थियो। ब्राहिम डियाजले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए। मिलानसामु निकै फितलो प्रदर्शन गरेको युभेन्टसले ७८ मिनेटमा दोस्रो गोल खान पुग्यो। एन्टे रेबिकले मिलानलाई स्पष्ट २-० को अग्रता दिलाए। त्यस्तै टोमोरीले ८२ औं मिनेटमा थप एक गोल गरेपछि युभेन्टसको हार सुनिश्चित भयो। 

अघिल्लो सिजनको लिग विजेता युभेन्टस हारपछि दबाबमा परेको छ। उसले अब लिगमा तीन खेल खेल्न बाँकी छ। जसमध्ये एक खेल उपाधि उचालेको इन्टर मिलानसँग छ।  

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.